झुठो रैछ जाली रैछ वेइमानी त्यो मायाँ
बिर्सिदिन्छु भन्दापनि पछ्याइरन्छ छायाँ
झुठो रैछ जाली रैछ वेइमानी त्यो मायाँ
..
मुटु भित्र जता छामु चोटहरुकै खात
लत्याईगइन चोखोमायाँ छैन कुनै आश
दुखिरन्छ पोलीरन्छ होइन घाऊ नयाँ
झुठो रैछ जाली रैछ वेइमानी त्यो मायाँ
..
तन दिएँ मन दिएँ धन उनकै साथ
रमितेको पात्र भएँ दुनियाँको माझ
जलाई मुटु बाँच्नुभन्दा प्यारो मृत्युसैया
झुठो रैछ जाली रैछ वेइमानी त्यो मायाँ
..
अनुकुल प्रकाश
0 comments:
Post a Comment