परदेशी छोरालाई आमाको चिठ्ठी
(यो कविता मैले १ वर्ष पहिला नै लेखेको हुँ । सायद् म प्रवास मा रहनु नै यो कविता जन्मको मूल कारण हो । मैले मेरो र म जस्तै प्रवासी साथीहरुको आमाहरुको या भनौ नेपाली आमाहरुको मनोभाव कवितामा उतार्ने कमजोर चेष्टा गरेको हुँ । )
.
*बावु तिम्रो चिट्ठी पाएँ पढ्छु घरी-घरी
लुकि-लुकी एकान्तमा रुन्छु गहभरी
यो दु:खिको तर्फबाट मुटुभरी माया
नपरोसहै कहिल्यैपनि तिम्लाई कालो छायाँ ।
.
तिम्रा बा'नि देख्छन अरे सपना नानाथरी
दिदी-बहिनी सम्झिरन्छन तिम्लाई सधैंभरी
आउन बावु आउन तिमी आउन हाम्फाली
तिमी संगै मनाउनु छ दसैं यस्पाली ।
.
खोजिरन्छन घर-आँगन खोज्छन वन-पाखा
तिम्रो बाटो हेरी-हेरी दुखे ,बुढा आँखा !
चाहिन मैले शहर-रहर ,चाहिन नयाँ ठाउँ
तिमिसंगै बस्दा लाग्छ प्यारो आफ्नो गाउँ ।
.
मन्'का व्यथा मन्'मै राख्छीन् कठै विचरी(सुन्तली)
तिम्रै फोटो सिरानी मा, हुन्छ हर-घडी
औंला भाँच्दै देख्छु सधैं दिन गनिराको
कसरी हेरुँ यो उमेरमा एक्लै टोलाइराको ।
.
रुखो-सुखो पिठो खाउँला सबै मिलि-जुली
साग,सिस्नो पकाइ'देली तिम्री सुन्तली
लगेको'हो रीन बावु लाग्या छैन दीन
यै माटोमा पसिना बगाइ फलाउँला'नी सुन ।
4 comments:
कबिता राम्रो छ,
सरल शब्दमा कबिता राम्रो बनेको छ ।
सरल शब्दहरुमा कबिता राम्रो छ ।
कबिता राम्रो छ VV
Post a Comment