क्रमश: ओरालो, झर्दैछ जीवन
अनुकुल प्रकाश,
क्रमश: ओरालो, झर्दैछ जीवन
अवत: लाग्दैछ, मर्दैछ जीवन
झिपिक्क झिपिक्क, परेली बनाइ
विगत आँखामा, भर्दैछ जीवन
जिन्दगी भरको, थकाई विचरा
खुईय: खुईय:, गर्दैछ जीवन
सुदुर डाँडामा, बसेर घामझैँ
अन्तिम मुस्कान, छर्दैछ जीवन
चटक्क छाडेर, आफ्नो'र आफन्त
यो'भव: सागर, तर्दैछ जीवन
Read more >>
Read more...
क्रमश: ओरालो, झर्दैछ जीवन
अवत: लाग्दैछ, मर्दैछ जीवन
झिपिक्क झिपिक्क, परेली बनाइ
विगत आँखामा, भर्दैछ जीवन
जिन्दगी भरको, थकाई विचरा
खुईय: खुईय:, गर्दैछ जीवन
सुदुर डाँडामा, बसेर घामझैँ
अन्तिम मुस्कान, छर्दैछ जीवन
चटक्क छाडेर, आफ्नो'र आफन्त
यो'भव: सागर, तर्दैछ जीवन




