पल-पल आँखैमा छौ, गुनासो छैन (गजल)

अनुकुल प्रकाश,


पल-पल आँखैमा छौ, गुनासो छैन
हर-पल साथैमा छौ, गुनासो छैन ।

पराई नै भयौ त के?, सोचेर हेरें
तिमी मन माझैमा छौ, गुनासो छैन ।

साँझ ढल्छ गहिरिन्छौ, यादमा तिमी
मदहोशी रातैमा छौ, गुनासो छैन ।

नआओस होसमा यो, जिन्दगी हाय:
भरी-भरी प्यालैमा छौ, गुनासो छैन ।

सपना'थे हजार ति, भएनन् पूरा
फेरिपनी सासैमा छौ, गुनासो छैन ।

1 comments:

Unknown 1/13/10, 11:17 PM  

सपना'थे हजार ति, भएनन् पूरा
फेरिपनी सासैमा छौ, गुनासो छैन ।

मन पर्यो ।

  © Blogger templates The Professional Template by Ourblogtemplates.com 2008

Back to TOP