क्रमश: ओरालो, झर्दैछ जीवन

अनुकुल प्रकाश,


क्रमश: ओरालो, झर्दैछ जीवन
अवत: लाग्दैछ, मर्दैछ जीवन

झिपिक्क झिपिक्क, परेली बनाइ
विगत आँखामा, भर्दैछ जीवन

जिन्दगी भरको, थकाई विचरा
खुईय: खुईय:, गर्दैछ जीवन

सुदुर डाँडामा, बसेर घामझैँ
अन्तिम मुस्कान, छर्दैछ जीवन

चटक्क छाडेर, आफ्नो'र आफन्त
यो'भव: सागर, तर्दैछ जीवन

1 comments:

Unknown 2/2/10, 1:00 AM  

साह्रै मिठो गजल !

केहि शब्दहरु नमिलेका तथा दोहोरिएर अनावश्यक देखिएका चैं हुन् कि? जस्तै 'अवत:' अरु नै केहि अर्थ बोकेको शब्द हो कि झैं देखिन्छ तर अर्थ 'अब त' नै होला ।

  © Blogger templates The Professional Template by Ourblogtemplates.com 2008

Back to TOP