अभिवादन/स्वागत

        **पानीमा पर्यो रिमी र झिमी , हिउँ पर्यो उ पारि !
तिम्रो र हाम्रो भेट होला भनि, आको भीमसेन पुकारी !**

सम्पूर्ण साथीहरुलाई हार्दिक अभिवादन साथै अनुकुल संसार मा हार्दिक स्वागत पनि
अनु वौलाएछ भन्नुहोला ! नवोलिकनै पहिला २ वटा रचनाहरु ब्लगमा टाँसेर यतिखेर अभिवादन गर्दैछ अनि स्वागत पनि भनेर .....,के गर्ने ख्याल ख्यालमै ब्लग खोल्न पुगें कर्यव्यस्थताले गर्दा ब्लगलाई समयनै दिन नपाउने भएकाले पहिला नै http://www.nepalplus.com/ मा प्रकाशित मेरा रचनाहरु टाँसेको थिएँ
त्यसैले आजभन्दा पहिला नै ब्लग घुम्नुहुने सम्पूर्ण साथीहरुप्रति म हार्दिक आभार व्यक्त गर्दछु र तपशिलका दिनहरुमापनि यहाँहरुको मिठो साथको आशा राख्दछु !

अव जबरजस्ती भएपनि हप्तामा १/२ दिनको केहि समय ब्लगको लागि निकाल्ने कोशिसमा छु ! वास्तवमा ब्लग गर्ने मेरो रहर थिएन र पनि अनायासै यो ब्लग मोहमा तानिएँ कारण मेरा कलमका साथीहरु जसले मेरा रचनाहरु अन्य ब्लगहरुमा पढ्नुहुन्छ,मलाइ सुझाव दिनुहुन्छ उहाँहरुसंग डिजिटल पत्राचार हुँदा धेरैले तपाईंको ब्लग हेर्छौ दिनु न भनेर बार बार सोधिरहंदा ......छैन भन्दा भन्दा थाकेर यो ब्लगको सुरुवात भयो र खुशीको कुरा अव साथिहरुसंग पत्राचार हुँदा मेरो ब्लग छ हेर्नुस भन्ने मौका पाएको छु !

साथै म नयाँ ब्लगर भएकोले सम्पूर्ण पूराना नेपाली ब्लगर साथिहरुसंग सहयोग को ठूलो आशा राखेको छु र ब्लग मा मलाइ सहयोग गर्नुहुने भाई उमेशलाई धन्यवाद दिन चाहन्छु |

2 comments:

Dilip Acharya 9/16/09, 8:43 PM  

ब्लगीङ दुनियाँमा तपाईलाई पनि हार्दिक स्वागत र निरन्तरताको कामना ! ।

Anonymous,  9/17/09, 10:28 AM  

Thanku Very Much,
धेरै धेरै शुभकामना, यो ब्लग गाडि कुदाउदा कुनै कुनै बन्द हड्ताल मा नपरी राम्रोसंग कुदोस हजुरको ब्लग,

  © Blogger templates The Professional Template by Ourblogtemplates.com 2008

Back to TOP