गजल





तिमी आयौ त मौसम वहार आयो
निरस यो जीवनमा असार आयो

हिजोसम्म उजाड उजाडै थियो मन्
तिमीसँगै हरियाली अपार आयो

म जो बाटो भुलेर हारेको थिए
तिमीसामु गन्तव्य आकार आयो

देखेर यी  फूल मुस्काइ फुलेका
लाग्छ आँगनीमै सुन्दर संसार आयो

कसरी सँगालु यि तिमीले दिएका
एकैसाथ खुशीयाली हजार आयो

6 comments:

prawash 9/18/09, 12:59 AM  

अति सुन्दर !

sadeep suman ("दले दाई" ),  9/18/09, 1:22 AM  

beautiful gajal anukul jee..

Umesh Gajurel 9/18/09, 7:01 AM  

lovely gagal, i like it

acharya prabha,  9/18/09, 2:02 PM  

anukul gajal meetho chha.

Bidhya Sapkota 9/19/09, 6:06 AM  

Attrative Blog....Sweet Creation!!

chudmani 9/20/09, 12:37 AM  

अरे बा !
अनुकूलजी क्या गजब गजल लेख्नुभएछ |

तिमी आयौ त मौसम वहार आयो
निरस यो जीवनमा असार आयो
...............................................
कसरी सँगालु यि तिमीले दिएका
एकैसाथ खुशीयाली हजार आयो

यो समयको अनुकूल भएको दिनलाई ऋण मै सही यो गजल आजै सापट माग्छु |

  © Blogger templates The Professional Template by Ourblogtemplates.com 2008

Back to TOP