दशै आयो !!!


दशै आयो !!!


हुनत ! यो गज़ल अघिल्लो वर्ष नै http://www.nepalplus.com/ मा प्रकाशित भैसकेको छ,  जनआन्दोलन २ सफल भए पश्चातको पहिलो दशैं थियो,त्यतिखेर मैले जो यस गज़ल मार्फत कामना गरेको थिए, कति पूरा भए त्यो त थाहा नै भएन तैपनि यसपाली नेपाल गणतान्त्रिक भैसकेपछिको पनि पहिलो दशैं हो यो त्यतिखेर पूरा नभएका हुनुपर्ने सम्पूर्ण कामहरु यसपाला पूरा होस् भन्ने कामनाका साथ यसै गज़ल लाइ लिएर उपस्थित छु !!
र सम्पूर्ण जनहरुको मनोकामना यस पावन पर्व बडा दशैं मा पूरा होस् भनि शुभकामना दिन चाहन्छु !!

शुभ दशैं !! शुभ दशैं !! शुभ दशैं !!.....................

***त्यागौ सब्ले रिसराग साथै मनको मैलो, दशै आयो
नयाँ युगमा नयाँ नेपालको हेर पहिलो ,दशैं आयो !!

दर्पण झै छ साझा चाह शान्ती मात्र नेपालीको
नहोस् है त कतै साथी भाँड- भैलो ,दशै आयो !!
नयाँ युगमा नयाँ नेपालको हेर पहिलो, दशैं आयो!!!

प्रण गरौ सब मिली स्वच्छ समाज निर्माणको
छोडौ जुवातास छोडौ जाँड्को घैलो ,दशै आयो !!
नयाँ युगमा नयाँ नेपालको हेर पहिलो, दशैं आयो!!!

मेची-काली तराइ-पहाड छरिएका हामी नेपाली
एकजुट भै मिली मनाऔ कालो-कैलो ,दशै आयो!!
नयाँ युगमा नयाँ नेपालको हेर पहिलो ,दशैं आयो!!!

सुख सम्रीद्दी सबतिर छाओस प्रार्थाना गरौ भवानीको
स्वागत गरौ खुला राखी मनको दैलो ,दशै आयो !!
नयाँ युगमा नयाँ नेपालको हेर पहिलो, दशैं आयो!!!

1 comments:

Baldev Bhatta,  9/24/09, 9:39 PM  

अति नै मार्मिक लाग्यो अनुकुल जी, रशपूर्ण भाव पोख्नु भयो धेरै धेरै धन्यबाद!

  © Blogger templates The Professional Template by Ourblogtemplates.com 2008

Back to TOP