गजल (देखेँ तिम्लाई टुट्यो मन्को वहाव जिन्दगीमा )



देखेँ तिम्लाई टुट्यो मन्को वहाव जिन्दगीमा
सुस्त सुस्त फेरिँदै-छ स्वभाव जिन्दगीमा !!

सधैं सधैं एकान्तमा पिउँछु तिम्रै तस्विर
राम कसम छाडि-दिएँ सराव जिन्दगीमा !!

एेना हेर्छु घरि-घरि सोह्रै श्रीङ्गार गर्छु
आँफै आँफै बढ्दैगा'छ लगाव जिन्दगीमा !!

के जुधेथ्यो नजर नजर ओठ टोकी हाँस्यौ
मनै भरी फूल्न थाल्यो गुलाव जिन्दगीमा !!

कल्पँदैछु मिलनको अनुपम मधुर ति पल
यस्तो लाग्छ तिमी एउटै ख्वाव जिन्दगीमा !!

0 comments:

  © Blogger templates The Professional Template by Ourblogtemplates.com 2008

Back to TOP