मन भित्रको मायाँ



,,,,,,,,,,मन भित्रको मायाँ,,,,,,,,,, ..

मन भित्रको मायाँ आज,फुलौँ फक्रौँ भन्छ
मायाँलुलाई सजाउनलाई,मायाँकै यो मन छ।
..
संगै जीउने मर्ने संगै, सपना बटुलेर
मायाँ-प्रीती साट्न भनी, भावना समेटेर
..
मन यो वाटो कुरी सधैं, पर्खिबसुँ भन्छ
मायाँलुलाई सजाउनलाई,मायाँकै यो मन छ।
..
उनकै यादले सधैंभरी, टोलाइरने पार्यो
केभो केभो यो मायाँले, मार्नुसम्म मार्यो
..
मन यो पत्र कोरी प्रेम,प्रस्ताव राखुँ भन्छ
मायाँलुलाई सजाउनलाई,मायाँकै यो मन छ।
..
देउराली'को उकालीमा, गोठालाका भीडमा
वनबाट गुराँस टीपी, लगाइदिउकी? शीरमा

मन यो गुराँसरङझै गाढा, मायाँलाउँछु भन्छ
मायाँलुलाई सजाउनलाई,मायाँकै यो मन छ।
..
मन भित्रको मायाँ आज,फूलौँ फक्रौँ भन्छ
मायाँलुलाई सजाउनलाई,मायाँकै यो मन छ। ..

0 comments:

  © Blogger templates The Professional Template by Ourblogtemplates.com 2008

Back to TOP