जानु नै थियो त आयौ किन? (गजल)

जानु नै थियो त आयौ किन?

जानी जानी पराई बनायौ किन ?
चटक्कै मायाँ मार्नु नै थियो !
देवता भाकी कसम खायौ किन ?

एक्लो एक्लै थिएँ जीवनपथमा !
सहयात्री भै हात समायौ किन ?

उजाडिएको मन-मन्दिर मेरो !
वेली-चमेली ल्याई सजायौ किन ?

पल-भरमै मुटु तोड्नु थियो !
बना-वटि मायाँ लायौ किन ?


सम्झी-सम्झी सधैं रूवाउन मलाई !
प्यार-भरी गजल गायौ किन ?



0 comments:

  © Blogger templates The Professional Template by Ourblogtemplates.com 2008

Back to TOP