आउ हामी चुम्बन गरौँ !!

साँच्चै !!
मरीलानु के छ र जिन्दगीमा ?
किन ?
हामी एक्लै एक्लै भाग्दैछौ !!
जीवन यात्रा नै हो ,
यदी भन्छौ भने-
सुलभ बाटाहरु मात्र छन् कहाँ ??

कैयन् अफ्ठ्यारा घुम्तीहरु होलान् ,
कैयन् उकाली ओरालीहरु होलान् ,
कैयन्,
डरलाग्दा भिर र जगाँरहरु होलान् !
सायद्,
कतै तिमी लडौली वा थाकौली ,
कतै म भुलौँला वा डुबौँला !!

र पो म भन्छु,
यस जीवनपथमा !
हामी एक अर्काको परिपूरक
भएर यात्रा गरौँ ....
जहाँ तिमी मलाई साथ देऊ ,
म तिमीलाई दिनेछु !!
हामी पक्कै हार्ने छैनौ ,
हराउने पनि छैनौ ,
न लड्ने वा खस्ने नै छौँ ,
डुब्ने र थाक्नेको त कुरै आउँदैन !

त्यैसैले ,
यी यावत र तपशिलका


आरोह अवरोह हरुका
एक भै एक्मुष्ट सामना गर्न !
आउ मिलेर एउटा सम्झौता गरौँ
ओठका पानाहरुमा ,
सामुहिक हस्ताक्षर गरौँ !
आउ हामी चुम्बन गरौँ !!

2 comments:

Dilip Acharya 10/11/09, 8:16 PM  

गजब बोल्ड र रोमान्टीक कविता रहेछ । मलाई भने साँच्चै मन् पर्‍यो !!!

Deependra 10/12/09, 10:58 PM  

Indeed beautiful! loved so much the flow of sentiments...

  © Blogger templates The Professional Template by Ourblogtemplates.com 2008

Back to TOP