पहिलो दफा

प्रियामिलन उमङ्गमा थिएँ पहिलो दफा ,

रामकसम मनखुशी जिएँ पहिलो दफा !!

खोलिहेरेँ घुम्टो आहा जूनझैँ मुहार उन्को ,
अंजुलीभर समेटेर लिएँ पहिलो दफा !!

जवानी त्यो प्यालाप्याला छल्कँदैथ्यो अंगअंग ,
नजरले नै अलिअलि पिएँ पहिलो दफा !!

तन मन समर्पण को किस्ती सजाएर ,
संसारलाई भुली-समेsटिएँ पहिलो दफा

हाँसो खुशी आफ्नो भन्नु सारा-सारा बटुलेर
सर्वश्व लौ उनीलाई नै दिएँ पहिलो दफा !!

अनुकुल प्रकाश

2 comments:

Ashesh 12/27/09, 7:00 AM  

हेर्दै थिएँ शव्दहरू उनीएका एकैनाशले
मनपर्यो अनि लिएँ मनमा पहिलो दफा

दूर्जेय चेतना 12/29/09, 2:56 AM  

सर्बश्वनै दिनु भएछ लिनु भएन छ साहद र सबै पहिलो दफामै रोकिए जस्तो छ है। हा हा
साह्रै मर्म र उत्तम भाव बोकेको छ है यो कबितामा।।।।

  © Blogger templates The Professional Template by Ourblogtemplates.com 2008

Back to TOP