कथा उपकथाविचको एकादेश

सुस्तामा -
आमाकै अघि छोरीसङ्गै
कोइलावासमा -
सासुकै अघि वुहारीसङ्गै
हरदिन हररात -
आँफै बलात्‍कृत हुँदैछ ।

वर्षौ पहिले ढुङ्गा ,मुङ्ग्रा
र खुकुरीको भरमा
कमाएको एउटा पाटो
कहिले पुर्व त कहिले पश्चिम
कहिले उत्तर त कहिले दक्षिण
च्यापिन्छ -च्यातिन्छ
वर्षे भेलले गैह्री खेत हानेझैँ
चोइटा चोइटा माटो हार्दैछ

आफ्ना हीमथुनहरु पगालेर,
सन्तानको आँत भिझाउने,
रहर त साँच्दो हो.....
र पनि काली र कोशीसङ्गै
आँफै लुटीनुको पिडा भोग्दैछ ।

सुन्दै छु कता कता -
एक हूल फलामे गिद्दहरु
परेड खेल्दै थिए .....
उस्को नीलो पछ्यौरीमा ।

जो आज किस्ता किस्ता -
माटो हार्दैछ, पानी हार्दैछ
आकाश सङ्गै हावा हार्दैछ
भोली पूर्ण इज्जत अस्त्तित्व हार्न के वेर ??

यि विभत्स घटना परिघटनादेखी
जानी जानी अन्जान , एक हूल
विप्ल्याँटा मान्छेहरुबाट शाषित
यो भूगोल को एउटा कुनामा
नम्बरि हुन नसकेर ऐलानीमै बाँचेको
आफ्ना कैयन् कथा उपकथाहरुकोविचमा
एकादेश छ ।

अनुकुल प्रकाश

0 comments:

  © Blogger templates The Professional Template by Ourblogtemplates.com 2008

Back to TOP