मिठा मिठा वात गरौँ सल्लेरिमा आउ

अनुकुल प्रकाश,


मिठा मिठा वात गरौँ सल्लेरिमा आउ
आँखा भित्र भित्रै मन्को मझेरिमा आउ

विनासित्ती पछुत्तोमा पर्नुपर्ला भोली
बगेपछी फर्कँदैन वैंश भन्नु खोली
कति हिंड्छौ एक्लै एक्लै जिन्दगीका बाटा
गाह्रो सारो पर्न सक्छ थाम मेरो हात

साथ दिम्ला जुनि जुनि सँधेरिमा आउ
आँखा भित्र भित्रै मन्को मझेरिमा आउ

साथी बिना जिन्दगीमा बाँच्नु गाह्रो हुन्छ
रमाउँछ जिन्दगी यो मायाँ जहाँ फूल्छ
जिन्दगानी घामपानी मिलिजुली काटौँ
तिम्रो मायाँ मेरो मायाँ राजिखुशी साटौँ

लाख विन्ती प्रिया मेरो बसेरिमा आउ
आँखा भित्र भित्रै मन्को मझेरिमा आउ
Read more >>

पुन: एउटा तस्विर कोर्नुछ,,

पुन: एउटा तस्विर कोर्नुछ,,


अनुकुल प्रकाश,,


समयको फुलटिनमा
सिङ्गै घाम भरेर
यो धर्तीको क्यानभाषमा
पुन:एउटा तस्विर कोर्नुछ

पगालेर सूर्यका लप्काहरु
यि कुन्यौटा बस्तिहरुमा
मलिन अनुहारविच
धुमिल आँखाहरुका किनाराहरुलाइ
गाढा धर्सा पारेर
चम्काउनुछ.... तिखार्नुछ

जसरी
औँशिको विशाल पटोलाई
जूनकिरिले टुक्रा टुक्रा
बानाइ काट्छ र ....
भिमकाय रात
गर्ल्याम्म ढाल्छ
नयाँ विहानीको सपना बुनेर
त्यसरी
हर रोवोर्ट अनुहारहरुलाई
हर काला वस्तिहरुलाई
भविष्य खोज्न... रोज्न
सपना छेक्न... देख्न
सापटि  र अनुदानमा
मशालको उज्यालो पर्खने...
निर्जिव शालिक हैन
सचेतन.. सजिव.. सक्रिय
ज्वालामुखी बनाउनुछ, बन्नुछ
आँखाबाट लाभा ओकल्नुछ
स्वयम् वल्नुछ.. चम्कनुछ... चम्काउनुछ

समयको फुलटिनमा
सिङ्गै घाम भरेर
यो धर्तीको क्यानभाषमा
पुन:एउटा तस्विर कोर्नुछ




Read more >>

पिउनुमा लाजकिन , रहर छँदाछँदै,

पिउनुमा लाजकिन , रहर छँदाछँदै,
 साथ दिन हेर सिङ्गै, नगर छँदाछँदै !

मदहोशी रात अनी, हात छ मायालुको,
लुटिनुछ गुलावी ति, नजर छँदाछँदै !

डर छैन लर्खराए, कदम जतातता ,
अँगालोमा प्रेयसिको, अधर छँदाछँदै !

प्यालाप्याला शानसङ्ग, जुधाउ अङ्गअङ्ग,
ईशारामा गजलको, सदर छँदाछँदै !

जवानीले भरीभरी, बैँशालु जोडी सुन,
याद राख पोखिनुछ, असर छँदाछँदै!
Read more >>

नयाँ परिभषा प्रेमको, बुझाएर गयौ !

.. अनुकुल प्रकाश ,,
..
नयाँ परिभषा प्रेमको, बुझाएर गयौ !
आशा अभिलाषा जीवन्को, टुटाएर गयौ !!
..
मन्मा बसन्तको भर्खर, आगमन थियो ,
वरा! मनडाली भाँचेर, सुकाएर गयौ !!
..
गाँस्नु रैन रैछ पिरती, हैसिएत मेरै
आँखो अन्धो थियो मनको, खुलाएर गयौ !!
..
भनी बाँच्नुपर्छ तिमीले, 'साथबिना मेरो',
मर्नुभन्दा ठुलो सजाएँ, सुनाएर गयौ !!
..
लुट्यौ लुट्नुसम्म आखिर, प्यासीनै'छ अनु,
खुशी नै'छु धोको तिमीले, पु-याएर गयौ !!
..
Read more >>

तिमीफेरी यादआयौ घरिघरी याद आयौ

अनुकुल प्रकाश ,
..
तिमीफेरी यादआयौ घरिघरी याद आयौ
एकनास साउनको झरिसरी याद आयौ !!
..
फुटिआयो मनबाँध थामिराख्छु भन्दाभन्दै
रुवाउन कठै! कठै! छालपरी याद आयौ ,,
..
गोठालामा खेतालामा उकालीमा चौतारीमा
लेकवेँसी फाँटैफाँट छरिबरी याद आयौ ,,
..
आँखा खोले विपनिमा बन्द गरे सपनिमा
सम्झनाको पिटारीमा भरिभरी याद आयौ ,,
..
तेरो मायाँ तेरो छाँया तेरो नाम भन्दापर
जान्छु भनी गयौफेरी भूलगरी याद आयौ !!
Read more >>

रुप राम्रो आँखा राम्रो,

अनुकुल प्रकाश ,चितवन

रुप राम्रो आँखा राम्रो,
मिठो वोली भाका राम्रो ,,

लोभै लाग्ने रसिला ति,
स्याउजस्ता गाला राम्रो,,

फूलिआयो उन्को बैँश ,
भँमराको चाहा राम्रो ,,

जून राम्रो घाम राम्रो ,
हाँस्दा उनी सारा राम्रो ,,

सादा वस्त्र आभूषण ,
पैरिएरै मायाँ राम्रो ,,!!
Read more >>

जस्ले भेट्यो तिमीलाई उही पागल छ यहाँ ,

अनुकुल प्रकाश ,चितवन ,

जस्ले भेट्यो तिमीलाई उही पागल छ यहाँ ,
बचाउँछौ कस्कस्लाई गाऊँ घायल छ यहाँ !

अस्ती तिमी हिंडेकीथ्यौ मेरो घरको बाटोभै
वौलएछ मौसम'नि वर्षा वादल छ यहाँ !!

अर्जी पर्‍यो भोलेलाई तिमी आफ्नो बनाउन
भक्त सबै वरावर सब्को भाकल छ यहाँ !!

तिम्रो घर्'को आँगनिमा अनु सधैं पछी किन??
जो जो भेटेँ सोधिहेरेँ उस्कै म|वल छ यहाँ !!

हाजिर छु म पनि त ! ईशारा पो बक्सन्छ कि !
तयारीमा सिन्दूर छ टिका गाजल छ यहाँ !!    
Read more >>

क्रमश: ओरालो, झर्दैछ जीवन

अनुकुल प्रकाश,


क्रमश: ओरालो, झर्दैछ जीवन
अवत: लाग्दैछ, मर्दैछ जीवन

झिपिक्क झिपिक्क, परेली बनाइ
विगत आँखामा, भर्दैछ जीवन

जिन्दगी भरको, थकाई विचरा
खुईय: खुईय:, गर्दैछ जीवन

सुदुर डाँडामा, बसेर घामझैँ
अन्तिम मुस्कान, छर्दैछ जीवन

चटक्क छाडेर, आफ्नो'र आफन्त
यो'भव: सागर, तर्दैछ जीवन
Read more >>

पल-पल आँखैमा छौ, गुनासो छैन (गजल)

अनुकुल प्रकाश,


पल-पल आँखैमा छौ, गुनासो छैन
हर-पल साथैमा छौ, गुनासो छैन ।

पराई नै भयौ त के?, सोचेर हेरें
तिमी मन माझैमा छौ, गुनासो छैन ।

साँझ ढल्छ गहिरिन्छौ, यादमा तिमी
मदहोशी रातैमा छौ, गुनासो छैन ।

नआओस होसमा यो, जिन्दगी हाय:
भरी-भरी प्यालैमा छौ, गुनासो छैन ।

सपना'थे हजार ति, भएनन् पूरा
फेरिपनी सासैमा छौ, गुनासो छैन ।
Read more >>

" आह्वान "



अनुकुल प्रकाश,

जवसम्म तिमिमाथि नाङ्गो नाच्नेछन्
अवसरवादी नरपिशाचहरु
जवसम्म तिमी सुम्पिरहनेछौ देशको भविस्य
राष्ट्रघाती हातहरुमा
तवसम्म तिमी वाध्यता ,विवशताको
जन्जिर र फलमे वारभित्र
मानव मुकुन्डो धारी गिद्द र ब्वाँसाहरुको
आशुरी चक्रव्युहरुमा
वन्दी हुनेछौ र निहार्नेछौ आफ्ना
सन्तान दर-सन्तानका भविष्य
आफु जस्तै जीवन बाँचिरहेका, सागोलिक
निरिह कैदिहरुमा!!

छोड तिमी वाध्यता अनी विवशताका
लाछी कुराहरु
कती दिन जिउँछौ??? फालेर पiएका
टुक्रा-टुक्राहरुमा
चुडाउ तिमी ति जन्जिरहरु ,
तोडिदेउ फलामे वारहरु
"दैवलाई दोषदी" नफोर टाउका
मन्दिरका सँगारहरुमा!!

तिमीलाई रुदै कराउदै मiगेर दिन्छ कस्ले ??
अधिकारहरु ,,,
आफ्ना निमुखा अनुहारहरुलाई बदल
जलिरहेको अंगारहरुमा
नियालेर हेर तिमीभित्र नै छ
यो युग पल्टाउने तागतहरु
उगाउ लाभाहरु मनभित्र देखियोस
धुवाँका मुस्ला आँखाहरुमा
कोरिदेउ विजयगाथा बनाएर मसी
हर एक थोपा रगतहरु
छरपस्ट पोतिएका
"""घामका रक्तिम पानाहरुमा"""!!

chitwan,nepal,
Read more >>

  © Blogger templates The Professional Template by Ourblogtemplates.com 2008

Back to TOP