'गीत'(तिहारको)



'गीत'(तिहारको)

**
मखमली माला गाँसे है दिदी,
मै आउँला तिहरमा ।
सप्तरङ्गी टीका हर्षले लाउली,
यो भाईको निधारमा ।
**
बितेका सालका आँशुका भारा,
म पक्कै तिरौँला ।
तिम्रो त्यो माया आशिर्वाद साथै,
लिएर फिरौँला ।
**
सुन्दैछु मत सँस्कृति हाम्रा,
बद् नाम हुँदैछ ।
दोहोरी झ्याउरे मारुनी साथै,
रोधिघर रुँदैछ ।
**
हे प्यारासाथी सँस्कृति सबै,
व्यर्थ हौ नठान ।
सँस्कृति भित्रै पाउँछौ आफ्नो,
परिचय लौ जान ।
**
सम्झना ताजा मुटुमा मिठो,
साँचेको छु मैले ।
मायालु संगै रोधी हौ गाउँदै,
नाच्ने छु धोकैले ।
**
यो भाईचारा सद् भाव बांड्ने,
वाहाना राम्रो छ ।
अमुल्य हेर चाड र पर्व,
सँस्कृति हाम्रो छ ।
**
जुटाए साथी बाजा औ गाजा,
मादलु सारङ्गी ।
धौशी र भैली खेलौला मिली,
जोगाउँला सँस्कृति ।
**
कामना गर्छु खुशीले सबको,
वित्योस् है तिहार ।
सुख र शान्ती हर जनबिच,
बढोस है पियार
**
( साथै अनुकुल संसार ,हेर्नुहुने सम्पूर्ण साथीहरु र सम्पूर्ण नेपालीहरुमा " शुभ-दीपावलीको शुभ-अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

अनुकुल प्रकाश
संपर्क plz_welcome077@yahoo.com

3 comments:

Anonymous,  10/13/09, 6:57 AM  

गीतले मन छोयो । तपाईको ब्लग भित्र छिरकै रै'नछु । सार्‍है राम्रो ब्लग रैछ तपाईको निरन्तारताको शुभकामना है ।
पोष्टका लागि धन्यवाद ।

Unknown 10/13/09, 10:25 PM  

तपाँई लगायत यो ब्लगका समस्त पाठकहरुमा दिपावलीको हार्दिक मंगलमय शुभकामना!!

friendlyniraj 10/17/09, 8:29 PM  

भोको नहोस् कुनै पेट,
कुनै आङ नांगो नहोस् ।
नयाँ नेपालको हाम्रो सपना,
कुकुरको पुच्छरझै बांगो नहोस् ।
नभिजुन् आँसुले परेलीहरू,
गर्न नपरोस् अप्ठेरोको सामना ।
सुखद् रहोस् जीवन सबैको,
यही छ शुभकामना ।

  © Blogger templates The Professional Template by Ourblogtemplates.com 2008

Back to TOP