मेरो देश......... मेरो ढुकढुकी !!



जहाँ,

घामका पहिला किरणहरु
हिमालका छातीहरुमा
निर्वाध ठोक्किएर ,
जङ्गलका पातहरुका
थोपा थोपा पानीहरुलाई
आफ्नो स्पर्शले मोतिमा रुपान्तर गरी
हिमतालहरुमा चोखिएर
वस्ति वस्तिका हरअनुहारहरुमा
पोतिन्छ ,
तव हाँस्छ जीवन ....
मधुर मुस्कान लिएर
हिमालका खर्कहरुमा ,
पहाडका पाखाहरुमा ,
तराइका फाँटहरुमा ,
हो ।।। त्यही ....
मेरो देश
मेरो नेपाल
मेरो ढुकढुकी हो ।

1 comments:

दूर्जेय चेतना 12/8/09, 2:26 PM  

सही कुरा !! मेरो देशको ढुकढुकी यही त हो। जति हेरे पनि हेरेको हेर्‍यै गर्न मन लाग्ने।

  © Blogger templates The Professional Template by Ourblogtemplates.com 2008

Back to TOP