पुन: एउटा तस्विर कोर्नुछ,,

पुन: एउटा तस्विर कोर्नुछ,,


अनुकुल प्रकाश,,


समयको फुलटिनमा
सिङ्गै घाम भरेर
यो धर्तीको क्यानभाषमा
पुन:एउटा तस्विर कोर्नुछ

पगालेर सूर्यका लप्काहरु
यि कुन्यौटा बस्तिहरुमा
मलिन अनुहारविच
धुमिल आँखाहरुका किनाराहरुलाइ
गाढा धर्सा पारेर
चम्काउनुछ.... तिखार्नुछ

जसरी
औँशिको विशाल पटोलाई
जूनकिरिले टुक्रा टुक्रा
बानाइ काट्छ र ....
भिमकाय रात
गर्ल्याम्म ढाल्छ
नयाँ विहानीको सपना बुनेर
त्यसरी
हर रोवोर्ट अनुहारहरुलाई
हर काला वस्तिहरुलाई
भविष्य खोज्न... रोज्न
सपना छेक्न... देख्न
सापटि  र अनुदानमा
मशालको उज्यालो पर्खने...
निर्जिव शालिक हैन
सचेतन.. सजिव.. सक्रिय
ज्वालामुखी बनाउनुछ, बन्नुछ
आँखाबाट लाभा ओकल्नुछ
स्वयम् वल्नुछ.. चम्कनुछ... चम्काउनुछ

समयको फुलटिनमा
सिङ्गै घाम भरेर
यो धर्तीको क्यानभाषमा
पुन:एउटा तस्विर कोर्नुछ





1 comments:

Anonymous,  9/13/10, 7:00 AM  

bejkrnlztbuajnnoyuyi, justin bieber baby lyrics, eskyxgf.

  © Blogger templates The Professional Template by Ourblogtemplates.com 2008

Back to TOP