खबरदार छ यो खेलमा माफि छैन झेल..!
.. 
मिलनको पहिलो रातमा खेलौं एउटा खेल 
खबरदार छ यो खेलमा माफि छैन झेल..! 
.. 
दुई शरीर आपसमा, एउटै भयो मुटु 
जिन्दगिको मेला भर्न मिलाऔं तालमेल..! 
.. 
तिमी धर्ती म आकाश स्रीस्ट्री सम्भव छ 
विऊ रोपौं साथ मिली सपार्नु छ फूल ..! 
.. 
टुट्न सक्छ पहाड पनि फुट्न सक्छ बाँध 
हातेमाले गर्दा- गर्दै ,तरौंला'नी भेल..! 
.. 
किन?खानु बाचा कसम किन गर्नु भूल 
पोल्टो थाप पोख्छु मायाँ अब छताछुल्ल..!
 

 
 
 
 
2 comments:
टुट्न सक्छ पहाड पनि फुट्न सक्छ बाँध
हातेमाले गर्दा- गर्दै ,तरौंला'नी भेल..!
निकै राम्रो कविता । माथीको हरफ निकै मन पर्यो ।
पढ्दै गए, जति तल गए उति खतरनाकनै लाग्यो है। मैले आफ्नै अर्थमा बुझे। तपाईको लेखाई र मेरो बुझाई फरक पर्न पनि सक्ने जस्तो लाग्यो। जे होस राम्रो छ है।
Post a Comment